वर्डफ्लु भेटिएपछि कुखुरा नष्ट

http://sindhulidarpan.blogspot.com/2013/04/bird-flu.html
चितवन, चैत २२ ।
चितवनको भरतपुर नगरपालिका ९ शरदपुर स्थित एक कुखुरा र्फममा वर्डफ्लुको संक्रमण भेटिएको छ । प्रताप थापाको कुखुरा खोरमा वर्डफ्लु संक्रमण रहेको पुष्टी भएपछि हिजो साँझै खोरका कुखुरा नष्ट गरिएको छ । राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाखामा परिक्षण पछि कुखुरामा संक्रमण भेटिएको प्रयोगशाला भरतपुरका डा.वोधनाथ अधिकारीले जानकारी दिनुभयो । वर्डफ्लु नियन्त्रण प्राविधिक टोलीले राती अवेरसम्म लगाएर खोरका कुखुराहरु नष्ट गरेपछि कुखुरा जमिनमुनी पुरिएको थियो । भरतपुर ९ शरदपुर हिमालयन फिड नजिकै अरुकै कुखुरा खोर भाडामा लिएर किसान थापाले चार हजार भन्दा वढि लेयर्स कुखुरा पाल्नुभएको थियो । अण्डा दिने समय भएकाल कुखुरा नष्ट गर्नुपर्दा उहाँलाई ठुलो नोक्सान हुन गएको छ । खोरमा ४ हजार कुखुरा थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !