एसीसी टी ट्वान्टी क्रिकेटमा युएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

http://sindhulidarpan.blogspot.com/2013/04/cricket.html
काठमाण्डौ,चैत २० ।
राजधानीमा जारी एसीसी टीट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा पुग्न सफल भएको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनलमा युएईलाई ६ विकेट पराजित गर्दै नेपाल अन्तिम दुईमा पुग्न सफल भएको हो । खेलमा पहिले टस रोजेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा नेपाललाई एकसय ३४ रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा नेपालले खेल सकिन पाँच बल बाँकी छँदै विजय लक्ष्य हासिल गरेको हो । नेपालको जितमा प्रारम्भि ब्याट्सम्यान प्रदीप ऐरी नायक रहे । उनले ५७ बलमा ५८ रन बनाए । नेपालले अब फाइनलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा हङकङलाई सात विकेटले हराउँदै अफगानिस्ता फाइनलमा पुगिसकेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !