कक्षा १२ को परीक्षा पहिलो दिन

http://sindhulidarpan.blogspot.com/2013/04/blog-post_30.html
नविनबाबु अधिकारी,
सिन्धुली, बैशाख १७. ।
कक्षा १२ को परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षामा आज सिन्धुलीको ग्वोलटारमा रहेको परीक्षा केन्द्रमा सामान्य बिबाद भएको छ । परीक्षार्थीहरुले चिट चोर्न नपाएकोभन्दै केही विद्यार्थीहरु आक्रोशित रुपमा प्रस्तुत हुँदा झडपको अवस्था सिर्जना भए पनि छलफलको माध्यमबाट विवाद समाधान गरिएको केन्द्रले जनाएको छ ।
गोल्टारमा ६ विद्यालयका १ सय ६४ मध्ये १ सय ५३ जनाले परीक्षा दिएको र परीक्षा मर्यादित रुपमा भएको परीक्षा केन्द्रले जनाएको छ । सिन्धुलीमा अन्य बर्षहरु भन्दा यस पटक पहिलो दिनको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीका जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइृटेलले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !