बर्दिवास जनसेवा हस्पिटल बर्दिबासद्धारा ४० वटा स्ट्रेचर वितरण

सिन्धुली दर्पण, चैत २२

बर्दिवास जनसेवा हस्पिटल एण्ड डाइग्नोसिस सेन्टर प्रा.लि. हस्पिट बर्दिबास महोतरीले ४० वटा स्टेचर वितरण गरेको छ ।
हस्पिटलले सिन्धुलीका १० वटा गाविसमा रहेका स्वास्थ्य संस्थाहरुलाई २० वटा र विभिन्न संघ–संस्था क्लवहरुलाई २० वटा वितरण गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख डा. छविलाल थापामागरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको प्रमुख आथित्यतामा भएको कार्यक्रमा बर्दिवास जनसेवा हस्पिटलका म्यानेजिङ डाइरेक्टर सुमन भुजेलले स्ट्रेचर वितरण गर्नु भएको हो ।
स्टेचर पाउने स्वास्थ्य केन्द्रहरुमा रानीवास, निपाने, हर्षाही, टाडी, दुधौली, लदाभिर, सिर्थौली, हत्पते, अरुणठाकुर, क्यानेश्वर रहेका छन । सहयोग पाउने अन्य गाविसहरुमा वेलधारी, भिमस्थान, रानीचुरी, जरायोटार, वालाजोर, लाम्पानटार र वाहुनतिल्पुङका क्लव तथा संघसंस्था रहेका छन ।

Related

स्थानिय 8271954432197866816

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item