धुवाँले सिन्धुलीका सर्वसाधारणलाई समस्या

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_1643.html
पोष्टराज पहाडी,
सिन्धुली,चैत २३ ।
वन क्षेत्रमा लागेको डढेलोसँगै सदरमुकाम सिन्धुलीमाढीमा फैलिएको धुवाँले सर्वसाधारणलाई समस्या परेको छ । वन क्षेत्रमा फैलिएको डढेलोको कारण निरन्तर फैलिएको धुवाँले आँखा पोल्ने, श्वासप्रवास बढ्ने र स्नायुमा समेत असर पर्ने समस्या बढ्दै जाने गरेको स्थानीयबासीको भनाइ छ । वन क्षेत्रबाट फैलिएको धुवाँकै कारण एक साता यता समदरमुकाममा सर्वसाधारणलाई यस्तो समस्या देखिएको स्थानियबासी विनोद रायमाझीले बताउनुभयो ।

डढेलोबाट निस्केन धुवाँ वा अन्य धुँवाले सर्वसाधारणको फोक्सोमा असर पार्ने जिला अस्पताल सिन्धुलीका प्रमुख डा. छविलाल थापाको भनाइ छ । उहाँका अनुसार धुवाँले फोक्सामा असर पारेपछि श्वासप्रवासमा समस्या आउँछ । फोक्सोको असरसँगै दम बढने, बेहोस् हुने र अत्याधिक धुवाँ भयो भने मृत्युसमेत हुन सक्ने चिकित्सकको भनाइ छ । । धुवाँकै कारण आँखा, स्नायुमा समेत समस्या हुने गरेको डाक्टर थापाले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !