बहिनी भेट्न आएका एक व्यक्ति मृत फेला

http://sindhulidarpan.blogspot.com/2013/04/death_6.html
बैतडी,चैत २४ ।
बैतडीमा आफ््नी बहीनी भेट्न आएको एक जना मृत फेला परेका छन् । दार्चुला रानीशिखर ४ बस्ने ६२ वर्षीय तरे भट्ट मृत फेला पर्नुभएको हो । बैतडीको दशरथ चन्द नगरपालीका ७ को सुकुटीमा बेवारिसे अवस्थामा हिजो बेलुकी भट्टको शव फेला परेको हो ।
उहाँ बैतडीको डुङरामा बस्ने आफ्नी बहिनीलाई भेट्न आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताउनुभयो । भट्टको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरी निरीक्षक साउदले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !