बझाङ कारागारभित्र कैदीद्वारा आत्महत्या

http://sindhulidarpan.blogspot.com/2013/04/death_4865.html
बझाङ,चैत २४ ।
बझाङ कारागार भित्र एक जना कैदीले आत्महत्या गरेका छन् । कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका सुवेडा गाविस १ खगेडा हरीप्रसाद जैसीले चामलको थैलीको डोरी बनाइ कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक उदय तामाङले बताउनुभयो । ंतामाङका अनुसार शुक्रबार राती १ बजे आत्महत्या गरेका हुन् । जैशीले २०६८ साल मसिर २२ गते आफ्नै बाजे नाता पर्ने पुरन जैशीको हत्या गरेका थिए । २०६८ साल पुस २० गतेको बझाङ जिल्ला अदालतको फैसला पछि जैशी कारागार चलान भएका थिए ।
आत्महत्या गरेका २६ वर्षीया जैसी नेपाली सेनाका भगौडा जवान रहेको उपरीक्षक तामाङले बताउनुभयो । सुरक्षाकर्मी बाहिर बस्ने भएकोले राती सबै सुतेको बेला शौचालयको ढोका थुनी कैदीले आत्महत्या गरेको जिल्ला कारागार बझाङका जेलर मिन लामिछानेले बताउनुभयो । मृतक जैसीको शवको जिल्ला अस्पताल बझाङले पोष्टमार्टम गरिसकेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !