नेवि सङ्घद्वारा अनसन तोडियो

http://sindhulidarpan.blogspot.com/2013/04/news_6.html
काठमाण्डौ,चैत २४ ।
नेवि सङ्घले स्ववियु चुनावको मिति घोषणा गर्नुपर्ने लगायतका माग राखी सुरु गरिएको आमरण अनसन तोडेको छ । आज साँझसम्ममा चुनावको मिति घोषणा गर्ने लिखित सहमति भएपछि अनसन तोडिएको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो ।
लामिछानेका अनुसार त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुख गंगाबहादुर थापासँग आज लिखित सहमति भएको हो । अर्को वर्षदेखि शैक्षिक क्यालेन्डर लागू गरिने, क्यालेन्डरमा चुनावको मिति र कार्यक्रम पनि समावेश गरिने लगायतका बुँदा पनि सहमतिमा उल्लेख छन् । त्रिविसभाको हिजो बैठकले आउने जेठ ५ गतेसम्ममा स्ववियु चुनाव गर्ने गरी तयारी गर्ने निर्णय गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !