सिन्धुलीका अस्थायी शिक्षकको संघर्ष समिती

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_6.html
सिन्धुली,चैत २४ । सिन्धुली जिल्लामा कार्यरत २०६३ साल वैशाक १० गते पछि नियुक्ती भएका अस्थायी दरवन्दीमा कार्यरत शिक्षकहरुको आज सम्पन्न भेलाले एक तदर्थ गठन गरेको छ ।
गौमती उच्च माविका शिक्षक दिपनारायण श्रेष्ठ संयोजक रहेको १ सय २० सदस्य तदर्थ समिती गठन गरिएको छ । समितीको सचिवमा कविन्द्र गौतम तथा कोषाध्यक्षमा शान्तिप्रसाद दाहाल रहेको समितीका संयोजक दिपनारायण श्रेष्ठले वताउनुभयो ।
शनिवार गठन गरिएको सो समितीले अस्थायी शिक्षकहरुको हकहितको लागी काम गर्ने छ संयोजक श्रेष्ठले जानकारी दिनुभयो । अस्थायी शिक्षकहरुको आन्दोलनलाई प्रभावकारी वनाउन शिक्षक संघ,संगठन तथा एन्टो सँग समन्वय गरि अघि वढ्ने निर्णय गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !