फेरीपनी सिन्धुलीको अर्को ठाउँमा आगलागी

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_4.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,चैत २२ ।
सिन्धुलीको महादेवस्थान गाविस पोख्रेदमारमा आगलागि, पाँच घर जलेर नष्ट धु्रवचन्द्र खड्का, रेडियो सिन्धुलीगढी सिन्धुली सिन्धुलीको महादेवस्थान गाविस वडा नं.३ पोख्रेदमारमा आज भिषण आगलागि भएको छ । आगलागिवाट पाँच घरगोठ जलेर नष्ट भएको त्यहाँवाट वडिमुहान स्वास्थ्य चौकी प्रमुख राजकिशोर शाहले जानकारी दिनुभयो । स्थानिय नर वहादुर गोले, सनक सिंह गोले, पुर्ण वहादुर गोले र जुरेलीमाया भोलनको गरि पाँच घर गोठ जलेर नष्ट भएको शाहले वताउनुभयो । आज दिउँसो ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । नजिकैको जंगलमा लागेको आगो फैलिएर गाउँसम्म आइपुगेको हो ।
जंगलको आगो नियन्त्रण लिन सक्ने अवस्था नभएपनि आगोलाई नजिकका घरसम्म आउन नदिन स्थानिय सर्वसाधारहण, युवा क्लव तथा समुहहरु लागिपरेका छन् । कपिलाकोट प्रहरी चौकीमा घटनावारे खवर गरिसकेको वताइएको छ । पानीको निकै अभाव भएकाले आगो नियन्त्रणका लागि माटो र स्याउलाको मात्रै प्रयोग गरिएको वताइएको छ । आगो नियन्त्रणका लागि सहयोग गर्न छिमेकी गाविसवासिहरुलाई पनि आग्रह गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !