भूकम्पबाट चिनमा मर्नेको संख्या बढ्दै, १ सय १३ को मृत्यु
http://sindhulidarpan.blogspot.com/2013/04/earthquick_20.html
काठमाण्डौ,वैशाख ७ ।
शक्तिशाली भूकम्पका कारण चीनमा मर्नेको संख्या १ सय १३ पुगेको छ भने ३ हजार भन्दा बढी घाइते भएका छन् । घरहरुभित्र अझै केही मानिसहरु च्यापिएर रहेकाले मृत्यु हुने र घाइते हुनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय टेलिभिजनलाई उद्धृत गर्दै जनाएअनुसार भूकम्पबाट धेरको हताहती भएको छ । टेलिभिजनहरुले घाइतेहरुलाई अस्पतालतर्फ लैजाँदै गरेका तस्वीरहरु देखाइरहेका छन् ।
दक्षिणपश्चिमी ग्रामीण तथा हिमाली सिचुवान प्रान्तमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेर दुई मिनेट जाँदा सिचुवानको याआन शहरको लुशान गाउँ नजिक केन्द्र बनाई ६ दशमलव ६ रेक्टरस्केलको भुकम्प गएको थियो ।याआनबाट १ सय ४० किलोमिटर टाढा पर्ने सिचुवानको राजधानी शहर चेङगदु तथा गुईझोउ, गाङगसु, साङगसी र युन्नान प्रान्तमा पनि स्थानीय बासिन्दाले २० सेकेन्ड सम्म भुकम्पको झट्का महसुस गरिएको बताएका छन् । भुकम्पमा परेकाहरुको उद्धारका लागि २ हजार भन्दा बढी सैनिक तथा प्रहरी खटिएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !