सिन्धुली कपिलाकोटको लागि छुटेको बस खोलाले बगायो

 सुरेश बिडारी, 
सर्लाही,बैशाख ७ ।
सर्लाहीको लालबन्दीबाट कपिलाकोट छाप धमिलेको लागि छुटेको बस कालिन्जोर खोलाले बगाएको छ । परवानीपुर गाविसको बोहोरे गाँउमा ना २ ख ६५ ७७ बस बगाएको हो । बससँगै एक जना वृद्ध महिला पनि बगाएको आशंका गरिएको छ । सिन्धुली जाने क्रममा पटक पटक बस फसेपछि नजाने निर्णय गरी फर्कने क्रममा घनघोर पानीसँगै कालिन्जोर खोलामा आएको बाढीले बगाएको यात्रु कुमार लामाले बताउनुभयो । 
बससँगै सबै सरसमान पनि वगाएको उहाँले बताउनुभयो । रातको समयमा बस खोलाले बगाएपछि ५० जनाको हाराहारीमा रहेका यात्रुहरुको पनि बिचल्ली भएको छ । घटनास्थालमा यो समाचार तयार पार्दासम्म प्रहरी पनि पुगेको छैन् । साँझ ६ बजेतिर बस बगाएपछि यात्रुहरु स्थानीयको घरमा शरण लिएर बसेका छन् ।

Related

स्थानिय 4347246557546409853

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item