आजबाट मतदाता नामावली संकलन सुरु हुँदै

http://sindhulidarpan.blogspot.com/2013/04/election.html
काठमाण्डौ,वैशाख ८ ।
गएको चैत १९ मा स्थगित गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान आजबाट फेरि सूरु हुने भएको छ । सरकारले सुरु गर्न लागेको नागरिकता वितरण अभियान र मतदाता नामावली संकलन आजबाट एकै साथ सुरु हुनेछ । गृहमन्त्रालयको समन्वय र सुरक्षामा नागरिकता वितरणसँगै मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले गृहमन्त्रालयको समन्वयमा मतदाता नामावली संकलन गरिने जानकारी दिनुभयो ।
नागरिकता नभएका करिब १० लाख मतदाता छुटेको र मतदाता संकलन गर्न ३० लाख भन्दा बढि मतदाता बाँकी रहेको आयोगले जनाएको छ । निर्वाचन आयागले नागरिकता वितरण गर्ने र आयोगको टोलीले मतदाता सूचिकृति गर्ने आयुक्त गुरुङले बताउनुभयो । गुरुङका अनुसार १ करोड १३ लाख दर्ता भइसकेको र १ करोड ५४ लाख हुनुपर्ने अनुमान आयोगको रहेको बताउनुभयो । आयोगले मतदाता नामावली संकलनमा अवरोध नगर्न आग्रह गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !