सिन्धुलीको पल्लो रामपुरको गणेश बाघ र सर्प अकिंत मुर्ती भेटियो


नबिनबाबु अधिकारी, 
सिन्धुली,वैशाख ५ ।

सिन्धुलीको कमलामाई ७ पल्लो रामपुरको लामाझोरामा धार्मिक मुर्ति फेला परेपछि संरक्षणको लागि आज समिति गठन गरिएको छ । रामेश्वरी महादेव, सिद्धेश्वरी विन्दवासिनीको मुर्ती फेला परेपछि स्थानीय मदन देवकोटाको अध्यक्षतामा १३ सदस्यी तदर्थ समिति गठन गरिएको स्थानीय केशर हायुले जानकारी दिनुभयो । 

हायुका अनुसार गणेश बाघ र सर्प अकिंत मुर्ती फेला परेपछि संरक्षण तथा प्रचारप्रसारका लागि समिति गठन गरिएको हो । धार्मिक महत्वको बोकेको मुर्ति फेला परेपछि वैशाख १६ गते रुद्री पाठ गर्ने तयारी गरेको पनि उहाले जानकारी दिनुभयो । गत चैत ३० गते स्थानीय चिनाकुमारी थापाले बाख्रा चराउन जाने क्रममा मुर्ति फेला परेको थिायो ।

Related

स्थानिय 7089146278260406691

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item