मंसिर सम्ममा चुनाव हुन्छ: देउवा

चीना थापा,
सिन्धुली,वैशाख ७ ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेर वहादुर देउवाले मंसिर सम्ममा चुनाव हुने वताउनुभएको छ । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै देउवाले एमाले र माओवादीले केही गर्न नसकेको भन्दै अवको चुनावमा काङ्ग्रेसले वहुमत ल्याउने वताउनुभयो । एमालेसँग अहिले पनि सहकार्य भईरहेको र चुनावमा पनि सहकार्य हुन सक्ने उहाको धारणा थियो । 

प्रचण्डले त असारमा चुनाव नभए मंसिरमा पनि नहुने वताउन थालेका छन् त ? भन्ने पत्रकारहरुको प्रश्नमा नेता देउवाले प्रचण्ड कुरा भेरिरहने भएकाले उहाको कुरा सुनीरहनु आवश्यक नरहेको वताउनुभयो । पार्टीमा गुट उपगुट नभएको वताउदै काङ्ग्रेस तोकतन्त्र र संघियतामा कटिवद्ध रहेको उहाको भनाई छ । उहाले सवै पार्टी चुनावको पक्षमा रहेको र वाहिर रहेका पार्टीहरुसँग कुरा गरेर चुनावमा लैजाने र स्थायि संविधान वनाउने वताउनुभयो । देउवा नेपाली काङ्ग्रृस सिन्धुलीको क्षेत्र नं.. ३ को क्षेत्रिय भेला तथा आमसभामा सहभागि हुन सिन्धुली आउनुभएको हो ।

Related

स्थानिय 7860518420964457140

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item