सामुहिक बलत्कारका अभियुक्त सार्वजनिक

http://sindhulidarpan.blogspot.com/2013/04/rape-case.html
बुटवल,वैशाख ७ ।
एक युवतीलाई सामुहिक बलात्कार गरेको अभियोगमा चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले आज दिउसो पत्रकार सम्मेलन गरि चार जना अभियुक्तलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रुपन्देही केरवानी १ का २९ बर्षिय लाल बहादुर क्षेत्री, १७
बर्षिय अशोक विक, दाङ पुरनधारा २ का डिल्ली घम र कपिलवस्तु पटवा २ का २३ बर्षिय विष्णु लोनिया चौहान रहेका छन् । उनीहरुले मंगलबार साँझ रुपन्देहीको केरवानीमा सामुहिक बलत्कार गरेर फरार भएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !