सिन्धुलीका सुन व्यवसायी त्रासमा


चिना थापा,
सिन्धुली,बैशाख ४ ।
सुनको भाउमा लगातार गिरावट आउन थालेपछि सिन्धुलीका सुन व्यावसायीमा त्रास छाएको छ । करिव ६० हजार मुल्य तिरेर किनेको सुन ४९ हजारमा विक्रि गर्नु परेकाले उनीहरुमा त्रास छाएको हो । संचारमाध्यमहरुमा अझै सुनको भाउ घट्ने समाचार आएकाले ग्रहकहरुले सुन किन्न छाडेको सिन्धुलीका सुन  व्यवसायीहरुले वताएका छन् । सोमबार र मंगलबार गरी ६ हजार ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ४९ हजार ५ सय रुपैयाँमा झरेपछि माग पनि घटेको सिन्धुली सुनचादी व्यावसायी संघका अध्यक्ष नरेन्द्र विश्वकर्माले बताउनुभयो ।
भाउ घट्ेसँगै गहना वनाउन अर्डर गरेका ग्राहकले पनि धमाधम अर्डर फिर्ता लिन थालेको उहाँको भनाई छ । सुन किन्न उपभोक्ताहरु आउने गरेको भएपनि महंगोमा किनेको सुन सस्तोमा वेच्नु परेकोले निकै समस्या भएको अर्का व्यवसायि शम्भु विकले वताउनुभयो । दुई दिन लगातार घटेको सुनको भाउ आज भने स्थिर रहेको व्यावसायीहरुले वताएका छन् । अन्तराष्ट्रिय बजारमा भाउ बढेपनि डलरको भाउ घटेकाले नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको संघले जनाएको छ ।

Related

प्रमूखखबरहरु 4738612866063873129

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item