प्रश्न उत्तर तयारी परामर्श सिन्धुलीमा

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_6410.html
चिना थापा,
सिन्धुली,बैशाख ४ ।
अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ सम्वन्धी व्यावहारिक प्रश्न उत्तर तयारी परामर्श कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको आयोजना तथा आदिवासी जनजाति जिल्ला समन्वय परिषद् सिन्धुलीको संयोजकत्वमा भएको कार्यक्रममा कानुन व्यवसायि शंखर लिम्वुले देशभरी यस्ता कार्यक्रम गरी क्ष्ीइ १६९ कार्यान्वयनमा देखिएका समस्या र स्थानीयस्तरसम्म जानकारी गराउन सहज प्रस्नोत्तर पुस्तिका तयार पार्ने वताउनुभयो । उहाले १० वर्षे जन आन्दोलनमा सरकार पक्ष र आन्दोलनकारी पक्षवाट भएका मानव अधिकार उल्लङ्गको परिणाम अहिले भोगिरहेको वताउँदै आदिवासी जनजातिहरुको कुरालाई सम्वोधन नभए फेरी आन्दोलन हुने चेतावनी समेत दिनुभयो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्रध्यापक कृष्ण भट्ट चन्दले महासन्धीका सवालहरु र पुस्तिकामा कस्ता कस्ता प्रश्नहरु राख्न सकिन्छ भन्ने विषयमा सहभागिसँग छलफल गर्नुभएको थियो । कार्यक्रमका आदिवासी जनजाति जिल्ला समन्वय परिषद्का अध्यक्ष सुर्य पाख्रीनले जिल्लामा भएका आदिवासीहरुको समस्या, चुनौती र आदिवासी जनजातिहरुको क्षेत्रमा भएका कामहरुको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, विद्यार्थी, आदिवासी जनजातिका क्षेत्रमा काम गर्ने व्यक्तिहरु, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !