जनकपुरका ओझालाई घरमै गोली प्रहार

http://sindhulidarpan.blogspot.com/2013/04/gun-shoot.html
धनुषा, वैशाख ३।
जनकपुर नगरपालिका–८ निवासी उपेन्द्र ओझालाई अपरिचित समूहले गोली प्रहार गरेर गम्भीर घाईते बनाएको छ । महोत्तरी जिल्ला ईटरुवा८ घर भएका ५१ वर्षीय ओझालाई आज दिउ“सो २ बजेर ४० मिनटमा आएको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । ओझा रामजानकी मेडिकल कलेजका संस्थापक अशोक सिंन्हाको घरमा बस्दै आएका थिए ।
नम्बर नखुलेको मोटर साइकलमा आएका अपरिचित २ जना ब्यक्तिहरुले घरको ढोका खोल्न लगाई छात्तिमा गोली प्रहार गरेर फरार भएको प्रहरी भनाई छ । गोली प्रहारबाट घाईते भएका ओझालाई उपचारार्थ अञ्चल अस्पताल जनकपुर लगिएको छ । गोली प्रहार गरेर फरार अभियुक्तहरुको खोजतलास भईरहेको प्रहरीले उल्लेख गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !