हतकडीसहित कैदी फरार

http://sindhulidarpan.blogspot.com/2013/04/jailer.html
रोल्पा चैत २६ ।
प्रहरीको लापरवाहीका कारण आज विहान करिव १ बजे रोल्पाको प्रहरी चौकी सुरपालबाट एक कैदी हतकडीसहित फरार भएका छन् । केहीदिन अगाडि हतियार देखाएर ३ लाख ५० हजार भारतीय रुपैँया लुटपाटमा संलग्न गजेन्द्र सुनार हतकडीसहित फरार भएको स्रोतले जनाएको छ । विहानको १ वजे पिसाव फेर्नका लागि गएका उनी उतैबाट भागेको प्रहरीले जनाएको छ ।
फरार कैदीलाई पक्राउ गर्नका लागि रोल्पा र प्यूठानका करिब आधा दर्जन प्रहरी युनिटलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरी चौकीभन्दा केही टाढा हतकडी भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो मात्र लुटिएको रकम १ लाख ७१ हजार सहित पक्राउ परेका गजेन्द्र सुनारलाई होलेरी इलाका प्रहरी चौकी लैजानका लागि सुरपाल प्रहरी चौकीमा राखिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !