क्षत्री समाज बैशाखभित्र राजनीतिक दल बन्ने




काठमाडौं,  चैत २६ ।

 क्षत्री समाज नेपालका अध्यक्ष दिलबहादुर क्षत्रीले आगामी बैशाखभित्र आफूहरु नयां शक्तिका रुपमा आउंने दोहराएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले क्षत्री समाजलाई दलको रुपमा स्थापित गर्ने बताए । ‘राजनीतिक शक्तिहरु देशी विदेशी दलालहरुको दासत्व स्वीकार गरेर राष्ट्रियता, अखण्डता, जातीय सद्भाव, आत्मसम्मान र स्वाभिमानमाथि जुवा खेलेका छन्,’ उनले आरोप लगाए ।

उनले वैकल्पिक शक्तिले मुलुकलाई संक्रमणकालबाट माथि उठाउने बताए । उनले भने, ‘मुलुकका स्थापित पार्टी र नेताहरु असफल हुंदै आत्मसमर्ण गरेको अवस्थामा देशवासीहरुले वैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेको अवस्थामा हामीले नयां शक्तिको उदय गर्ने भएका हौं ।’

Related

राष्ट्रिय 2974747114995277663

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item