सिन्धुलीको नाम अनुसारको काम भएन

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_9.html
सिन्धुली,चैत २७ ।
जुनार र जंगलको नाम मार्फत चिनीने सिन्धुली नाम अनुसारको काम नभएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई रहेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीको ४२ औँ जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको आचार्यले यस्तो वताउदै उहाले अहिले सिन्धुली वन जंगलमा आगोलाी भैरदा पनि जिल्लामा रहेका संघ संस्था र सामुदायिक वनका उपभोक्ताले यो कुरा प्रतिपनि कुनै चासो नदिएको उहाको भनाई रहेको छ । वनमा आगोलागी भएको देख्दा देख्दै पनि आगो नियन्त्रणमा लिने कोशीस नगरेको र यस्तै हुने हो भने आफ्नै आखा अगाडी हेर्दा हेदै राष्टको सम्पत्ति खरानी हुने होकी भन्ने प्रति उहाले चिन्ता व्यक्त गर्नु भयो ।
रेडक्रस जिल्ला शाखा सिन्धुलीका सभाापति अशोक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कार्यालयका कर्मचारी,जिल्लामा रहेको विभिन्न उपशाखा,उत्कृष्ठ शिक्षक नायव,विद्यार्थी, विभिन्न विद्यालय, लगाएत रेडक्रलाई विभिन्न क्षेत्रवाट सहयोग गर्ने संघ सस्था, व्यक्ति लगाएतलाई सम्मान गरीएको थियो । उत्कृष्ण उपभाशाखाहरुलाई नगत पुरस्कार प्रदान गरीएको थियो । नेकपा एकृकित माओवादीका जिल्ला सेक्रेटरी सुरद स्याङताले समाजमा पिछडीएका,दुखी वर्गलाई रेडक्रले निस्वार्थ रुपमा सहयोग गर्दै आएको र भोलीका दिनमा यस्तेै सहयोगको गर्नै छ भन्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानिय विकास अधिकारी धुर्व वहादुर खड्का,प्रहरी नायव उपरिक्षक सानुराम भटट्राई,नेकपा एमालेका प्रदीप कट्ुवाल,नेपाली कागंँेसका दिपक मिश्र,पत्रकार महासंघका सभापति मिन कुमार दाहाल , विभिन्न उपखाशा,र रेडक्रस कर्मीहरुको कार्यक्रममा सहभागीता रहेको थियो । रेडक्रसले जिल्लामा अहिले ३६ ओटा उपशाखाहरु विस्तार गरेको छ । द्रैवी प्रकोप , यौन तथा प्रजनन् , आखाको सवालमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !