नेकपा माओवादी विभाजित


नवलपरासी,वैशाख ३ ।

मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीको नवलपरासी जिल्ला कमिटी विभाजित भएको छ । पार्टीका असन्तुष्ट पक्षले नेकपा माओवादीको समानान्तर जिल्ला कमिटिसमेत घोषणा गरेका छन् । पार्टीको सार्तौँ राष्ट्रिय महाधिवेशनले गरेका निर्णयको कार्यान्वयनको लागि अवध राज्य समितिले गरेको निर्णयलाई असहमति जनाउँदै फरक मत राख्दै आएको तर आफुहरुको मागलाई सुनुवाई गर्न बेवास्ता गरेकाले आफुहरुले समानान्तर जिल्ला कमिटि गठन गर्न बाध्य भएको उनीहरुको भनाइ छ ।

फरक मत राख्दै आएका अवध राज्य समिति सदस्य सागरको नेतृत्वमा गठित समानान्तर कमिटिमा ७२ सदस्यीय रहेको सचिव विनाशले जानकारी दिनुभयो । तर नेकपा माओवादी नवलपरासीका सह इन्चार्ज सुमन ज्ञवालीले भने समानान्तर कमिटी गठन गर्ने सागरलाई पार्टी नीति विपरित काम गरेकाले पहिले नै निलम्बन गरेर कारवाहि गरिसकेको बताउनुभयो ।

Related

राष्ट्रिय 2960668210246506531

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item