कमलामाई नगरपालिकाको आन्तरिक आय साडे ४७ लाख
http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_16.html
ध्रुवचन्द्र खड्का,
सिन्धुली,वैशाख ३ ।
कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको ९ महिनामा ४७ लाख २८ हजार ५ सय २० रुपैँया २३ पैसा आन्तरिक राजस्व रकम संकलन गरेको छ । गत साउनदेखि चैत्रसम्मको अवधिमा कार्यालयले विभिन्न शिर्षमा गरि यति रकम संकलन गरेको हो ।
कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको ९ महिनामा ४७ लाख २८ हजार ५ सय २० रुपैँया २३ पैसा आन्तरिक राजस्व रकम संकलन गरेको छ । गत साउनदेखि चैत्रसम्मको अवधिमा कार्यालयले विभिन्न शिर्षमा गरि यति रकम संकलन गरेको हो ।
कार्यालयले स्थानिय कर, सेवा शुल्क, दस्तुर, दयड जरिवाना, अचल सम्पत्ति कर, नाता प्रमाणित, वहाल कर तथा अन्य आय लगायतका शिर्षकहरुवाट उक्त रकम संकलन गरेको हो । यसैवीच कार्यालयले गत चैत्र महिनामा मात्रै करिव ४ लाख रुपैँया आन्तरिक राजस्व संकलन गरेको छ । विभिन्न शिर्षकमा गरि जम्मा ३ लाख ९३ हजार १ सय ७२ रुपैँया ३५ पैसा राजस्व संकलन गर्न सफल भएको हो ।
तर यो राजस्व रकम भनेको गएका ९ महिनामध्येको सवैभन्दा न्युन हो । २०६९ साल अवधिभरमा यो राजस्व रकम सवै भन्दा कम भएको कार्यालयका कर शाखा प्रमुख कुमार थापाले जानकरी दिनुभयो । कार्यालयले वढिमा १० लाख सम्म राजस्व संकलन गर्ने गरेको वहाँको भनाइ छ । कार्यालयले यस आर्थिक वर्षमा ५० लाख ४१ हजार १ सय रुपैँया आन्तरिक राजस्व संकलन गर्ने प्रस्ताव गरेको थियो ।
९ महिनाको अवधिमा कार्यालयले ४७ लाख भन्दा वढि राजस्व संकलन गरेर प्रस्तावित आयको करिव ९३ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ । अवको २ महिनाभित्रमा लक्ष्य अनुसारको राजस्व संकलन गर्ने कर शाखा प्रमुख कुमार थापाले दावी गर्नुभयो । साथै वहाँले सम्पूर्ण नगरवासिहरुलाई आफूले तिर्नुपर्ने कर तिरेर सहयोग गर्न पनि आग्रह गर्नुभएको छ



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !