आर्थिक क्रान्ति आवश्यक छ : पहरी

http://sindhulidarpan.blogspot.com/2013/04/news_3.html
चीना थापा,
सिन्धुली,चैत २२ ।
युवा संघ नेपालका केन्द्रिय महासचिव राजिव पहरीले मुलुकमा परिवर्तन गर्ने हो भने आर्थिक क्रान्तिलाई अगाडी वढाउनुपर्ने वताउनुभएको छ । ३० लाख नेपालीहरु विदेशमा रहेकाले विदेशी रेमिटान्सले मात्रै नेपालको अर्थतन्त्र अहिलेसम्म धानेको उहाँको भनाइ छ । प्रेस चौतारी नेपाल सिन्धुली शाखाले आज सिन्धुलीमाडिमा गरेको पत्रकार सम्मेलनमा पहरीले मुलुकमा अहिले दण्डहिनता हावी भएको वताउनुभयो ।

सर्वोच्च अदालतले दोषि ठह¥याएका व्यक्तिहरुलाई चाँडो भन्दा चाँडो कारवाही गर्नुपर्ने भन्दै उहाँले यदि सरकारले कारवाही गर्न नसके युवा संघ नेपालले कानुनलाई साथमा लिएर कारवाही गर्ने वताउनुभयो । साथै उहाँले विदेशमा हुने नेपालीहरुले पनि अवको चुनावमा मत हाल्न पाउनुपर्ने वताउनुभयो । एमालेले आफ्नो मतको सुरक्षा गर्न नसकेर संविधान सभाको पहिलो चुनावमा पराजय भोग्नुपरेको भन्दै पहरीले अवको निर्वाचनवाट एमाले पहिलो पार्टि भएर अगाडि आउने ठोकुवा समेत गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !