माओवादीले निर्वाचन चाहदैनः देवकोटा


चीना थापा,
सिन्धुली,चैत २२ ।
नेकपा एमालेका जनकपुर अन्चल इन्चार्ज केशव प्रसाद देवकोटाले एकिकृत माओवादीले संविधान सभाको निर्वाचन नचाहेको आरोप लगाउनुभएको छ । यदि उसले निर्वाचन चाहेको भए दलहरुको नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्ने वताउँदै देवकोटाले एकिकृत माओवादीकै कारण वाध्यात्मक अवस्थामा खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार स्विकार गर्नुपरेको वताउनुभयो । 

नेकपा एमाले नगर कमिटि सिन्धुलीको अगुवा कार्यकर्ता भेलालाई आज सिन्धुलीमाडिमा सम्वोधन गर्दै देवकोटाले मतदाता नामावली संकलन कार्यमा खटिएका टोलीहरुलाई अवरोध गर्ने काम भैरहेकाले आगामी मंसिरमा पनि निर्वाचन हुनेमा शंका व्यक्त गर्नुभयो ।
त्यस्तै अगुवा कार्यकर्ता भेलामा वोल्दै नेकपा एमालेका सगरमाथा अन्चल इन्चार्ज जगन्नाथ खतिवडाले खिलराज रेग्मीलाई सरकार प्रमुख वनाउनु सरासर गल्ती भएको तर्क गर्नुभयो । भेलालाई सम्वोधन गर्दै वहाँले यस्तो काम लोकतन्त्रको मान्यता विपरित भएको टिप्पणी समेत गर्नुभयो । प्रधानन्यायधिस र सरकार प्रमुख एउटै व्यक्ति हुन नसक्ने भन्दै वहाँले रेग्मीले प्रधानन्यायधिशको पदवाट राजिनामा दिनुपर्नेमा जोड दिनुभयो । भेलालाई एमालेका अन्य नेताहरुले पनि सम्वोधन गरेका थिए ।

Related

स्थानिय 6229188992622697852

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item