रेडियो सिन्धुलीगढीकी चिना थापाको रिपोर्ट उत्कृष्ठ


सिन्धुली,चैत २३ ।
सामुदायिक सूचना नेटवर्क सीआईएनबाट गएको फेबु्रअरी महिनामा प्रसारित रेडियो रिपोर्टहरु मध्ये रेडियो सिन्धुलीगढीका चीना थापाले बनाउनुभएको सिन्धुलीमा अस्पतालको लापरवाही विषयको रिपोटिङ सर्बोत्कृष्ट भएको छ । सामुदायीक रेडियो प्रसारक संघले हरेक महिना सामाजिक उत्तरदायित्व र सुशासन विषयमा उत्कृष्ट रेडियो रिपोर्टलाई पुरस्कार दिने नीति तय गरेपछि उत्कृष्ट रिपोर्टको घोषणा गरिएको हो । अबदेखि हरेक महिना सामाजिक उत्तरदायित्व, सुशासनको विषयबस्तुमा सीआईनबाट प्रशारण भएका रिपोर्टहरु मध्येबाट एउटा उत्कृष्ट रिपोर्टलाई पुरस्कृत गर्ने अकोरावका प्रवन्ध निर्देशन रविन्द्र भट्टराईले जानकारी दिनुभयो ।

 सीआईएनको मुल्याङकन टोलीले गरेको मुल्याङकनका आधारमा हरेक महिना उत्कृष्ट रिपोर्टको घोषणा गरिनेछ । विषबस्तुको छनौट, त्यसको खोजी, समाचार र रिपोटिङको निरन्तरतालगायतका मापदण्डका आधारमा हरेक महिनाको अन्तिममा एकजना रेडियो पत्रकारलाई जुम कम्पनीको रेकर्डरसहित पुरस्कृत गरिन लागेको हो । विशेष कार्यक्रमकाबीच पुरस्कार वितरण हुने र परस्कृत रिपोर्टलाई वेभसाईट र न्यूज लेटरमा समेत प्रकासन गरिने अकोरावले जनाएको छ ।

Related

स्थानिय 9121300885363384813

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item