वन जोगाउन लौरे ड्युटी शुरु

http://sindhulidarpan.blogspot.com/2013/04/news_4.html
बागलुङ,चैत २३ ।
बागलुङको बुर्तिबाङ गाउँ विकास समिति को घोेसामा वन जोगाउन भन्दै स्थानिय बासीले लौरे ड्युटि शुरु गरेको छन् । स्थानीय स्तरवाटै वनको विनास तथा फडानी भईरहेपछि भन्दै समस्या समाधानका अन्य प्रयास गर्दा समेत वन फडानि नरोकिएपछि गाउँमा वडा नागरिक मञ्चको भेला गरी वन जोगाउनका लागि उक्त स्थानमा रहेका कुल १३० घरपरिवारले ६/६ जनाको समुह बनाएर दैनिक रुपमा लौरे ड्युटि शुरु गरेको वडा नागरिक मञ्चका अध्यक्ष नरबहादुर सुनारले बताउनु भयो । करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको स्थानिय सानोमेला राष्ट्रिय बन क्षेत्रमा घाँसदाउरा र काठ चोरी अत्याधिक बढेपछि नियन्त्रण गर्नको लागि यस्तो प्रयास गरिएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !