प्रहरी अनुसन्धान फितलो, दुई महिनामा पनि दम्पतिको हत्यामा संलग्न पक्राउ परेनन्

http://sindhulidarpan.blogspot.com/2013/04/police.html
प्रकाश सुन्दास,
काभ्रे,चैत २३ ।
दुई महिना वित्तिसक्दा पनि सिन्धुपाल्चोक जिल्लाको लिस्तीकोट गाविस वडा नम्बर– ५ विसान कुनाका एक दम्पत्तिको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् । गएको माघ १६ गते राति खाना खाएर सुत्ने तयारी गरिरहेका बेला ८÷१० जनाको अज्ञात समूहले ६० बर्षीय भक्तबहादुर प्रधान र उहाँकी ५५ बर्षिया श्रीमती मानकुमारी प्रधानको हत्या गरेका थिए । हत्यामा संलग्न भएको आकांशमा धेरैलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपनि अभियुक्त पत्ता लगाउन कठिन भएको सिन्धुपाल्चोकका प्रहरी प्रमूख डिएसपी प्रताप गुरुङले बताउनुभयो । डिएसपी गुरुङका अनुसार घटनामा संलग्नहरुको वास्तविक हुलिया खुलिनसकेकाले प्रहरी प्रधान कार्यालय मार्फत देशैभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरेपनि दोषि पक्राउ हुने सकेको छैन् । घटनाको अनुसन्धानका लागि सम्भावित ठाउँमा प्रहरी परिचालन गरिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !