कटुवा पेस्तोलसहित दुई युवा पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/04/police_23.html
उदयपुर, वैशाख १०।
उदयपुर जिल्लामा एक थान नलकटुवा पेस्तोल र गोलीसहित दुई युवा पक्राउ परेका छन् । कटारी–४, ताराघारीस्थित पसलबाट पेस्तोलसहित स्थानीय २६ बर्षीय कमल परियार र २३ बर्षीय संघर्ष श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय कटारीका निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । पसलमा श्रेष्ठले हतियार छोडेको सूचना पाएलगत्तै प्रहरीले परियार र श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले भारतको माडरबाट आफ्नै सुरक्षाका लागि ३ हजार भारतीय रुपिया“मा पेस्तोल खरिद गरेको बयान दिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !