सुनको भाउ उकालो लाग्यो

http://sindhulidarpan.blogspot.com/2013/04/gold.html
काठमाडौं, वैशाख १०।
गतसाता दुई दिन लगातार ६ हजारसम्म घटेको सुनको भाउ पछिल्ला दिनमा पुनः बढ्ने क्रम सुरु भएको छ । नेपाली बजारमा आज सुनको भाउ तोलामा २ सय रुपिया“ बृद्धि भएको छ । सुनचा“दी ब्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५१ हजारमा किनबेच भईरहेको छ । तेजावी सुन प्रतितोला ५० हजार ७ सय ५० रुपिया“मा कारोबार भईरहेको छ । वैशाख–२ गते तीन हजार तीन सय रुपिया“ र वैशाख–३ गते ३ हजार रुपिया“ घटेर सुनको भाउ तोलामा ४९ हजारसम्म पुगेको थियो । सुनको मूल्यमा एक्कासि ठूलो मात्रामा गिरावट आएपछि अधिकांश सुन व्यापारीले पसल नै बन्द गरेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !