सिन्धुलीको आधा दर्जन गाविसमा विद्युत अवरुद्ध

http://sindhulidarpan.blogspot.com/2013/04/electricity_23.html
नबिनबाबु अधिकारी,
सिन्धुली,वैशाख १० ।
केही दिनदेखि परेको लगातार वर्षाले सिन्धुलीको आधा दर्जन गाविसका बासिन्दा विद्युत सेवाबाट वञ्चित भएका छन् । लगातार भएको वर्षाले विद्युत लाईन बिग्रिएको ठाँउ पहिचान गर्न गाहे भएको नेपाल विद्युत प्राधिकरण सिन्धुलीले जनाएको छ ।
बर्षाले भद्रकाली, जलकन्या, रतनचुर, भिमेश्वरलगाएत गाविसमा विद्युत लाईन अवरुद्ध पारेको नेपाल विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख ललितनारायण चौधरीले बताउनुभयो । वर्षाले काम गर्न तथा विद्युतीय सामग्री ल्याउन नसकिएको पनि उहाँले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !