आज सातौ लोकतन्त्र दिवस, सरकारले औपचारिक कार्यक्रम राखेन

http://sindhulidarpan.blogspot.com/2013/04/news_24.html
काठमान्डौ,बैशाख,११
आज बैशाख ११, सातौ लोकतन्त्र दिवस मनाइदैछ । नेपाली जनताको १९ दिन लामो बलिदानीपूर्ण जनआन्दोलनबाट मुलुकमा लोकतन्त्र स्थापना भएको आज ७ वर्ष पूरा भएको छ । निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली जनताले सुरु गरेको जनआन्दोलन–२०६२÷६३ ले आजकै दिन सफलता प्राप्त गरेको थियो । जन आन्दोलनको समयमा २५ जनाले ज्यान गुमाएका थिए भने करिब २१ हजार नागरिक घाइते भएका थिए । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् । शान्ति प्रक्रिया अन्तर्गत सेना समायोजनको काम सकिए पनि सत्य निरुपण तथा मेलमिलाप आयोग अन्तर्गत द्धन्द्धपिडितका विषयमा काम हुन सकेको छैनन । संविधानसभा विघटनसँगै अन्यौलमा परेको राजनीतिलाई प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गरि कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता चुनाव हुने बताइए पनि त्यसको सुनिश्चित गर्न सकिएको छैन । लोकतन्त्र दिवसको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको भए पनि औपचारिक कार्यक्रम भने तय गरेको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !