लोकतान्त्रिक उपलब्धि संस्थागत गर्न राष्ट्रपतिको जोड

http://sindhulidarpan.blogspot.com/2013/04/news_4628.html
राष्ट्रपति डाक्टर रामवरण यादवले सातौ लोकतन्त्र दिवसका अवसरमा सन्देश दिनुहुँदै आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको संस्थागत संरक्षण र सुदृढीकरण नै आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय एकता, सहमति र सहकार्यको जगमा उभिदै लोकतान्त्रिक मूल्यमान्यताको अवलम्बन र लोकतान्त्रिक पद्धतिको अनुशरणबाट नै संविधानसभाको चुनाव सम्भव हुन सक्ने उहाँले बताउनुभएको छ । राष्ट्रपति यादवले यसबाट जनताले चाहेको अग्रगति, विकास, स्थायित्व एवम् समृद्धिको प्राप्त हुन सक्छ भन्नुभएको छ । यसैगरी उपराष्ट्रपति परमानन्द झाले २०६२–६३ मा भएको जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताको अजेय शक्तिले निरङकुशतन्त्रलाई घुँडा टेकाएको आजको दिन नेपालको लोकतान्त्रिक इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताउनुभएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले देशलाई अग्रपथमा उन्मुख गराउने स
न्दर्भमा २०६२–६३ को आन्दोलनमार्फत प्राप्त लोकतन्त्र अमूल्य निधिका रुपमा रहेको उल्लेख गर्नुभएको छ । अध्यक्ष रेग्मीले लोकतन्त्र दिवस–२०७० का अवसरमा दिनुभएको सन्देशमा उहाँले नेपाली जनताले विभिन्न कालखण्डमा गर्दै आएका संघर्षका रुपमा लोकतान्त्रि व्यवस्था महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले पनि शुभकामना सन्देश दिनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !