सिन्धुली खाङसाङमा प्रथम रमेश पहाडी स्मृति सभा सम्पन्न

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_23.html
सिन्धुली,वैशाख १० ।
नेकपा एमाले खाङसाङ गाउँकमिटिको आयोजनामा हिजो प्रथम रमेश पहाडी स्मृति सभा सम्पन्न भएको छ । कमिटिका अध्यक्ष गोपाल आलेको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य बिषमलाल अधिकारी दनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्य गणेश पहाडी, जिल्ला कमिटि सदस्य धनबहादुर कार्की ,स्थानीय वुद्धिजीबि लोकनाथ पहाडी र नेपाली काग्रेसका प्रतिनिधी दामोदर पहाडी लगायतले रमेशको वारेमा बोल्नुभएको थियो ।
कार्यक्रमा वोल्दै प्रमुख अतिथी दनुवारले पहाडीको मृत्यु नभए र हत्या भएको बताउदै यस्ता प्रकारको हत्या हिसां , दण्डहिनताको अन्त्य गर्नको लागि अब हुने संविधान सभाको निर्वाचनमा एमालेले वहुमत ल्याउनु आवश्यक रहेको बताउनुभयो । उहाँले अब हुने संबिधानसभाको निर्वाचनमा एमालेले बहुमत नल्याए देशमा अझै विकराल रुपमा दण्डहिन्ता वढ्ने वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !