चुनावको विकल्प छैन: नेपाल

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_10.html
पोष्टराज पहाडी
सिन्धुली,चैत २८ ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले अहिलेको अवस्थामा चुनावको विकल्प नभएको बताउनु भएको छ । अहिले निर्दलीय सरकार बनेको र देश सञ्चालनका लागि दलीय सकार आवश्यक पर्ने भएकाले चुनाव अपरिहार्य भएको बताउनु भयो । प्रेस चौतारी सिन्धुलीले आज सिन्धुलीमाडी आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले एकिकृत माओवादी चुनावी सरकारलाई असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।
असारमै निर्वाचन गर्नु पर्ने गैर जिम्मेवार पुर्ण अभिव्यक्ति दिएर आफुलाई जस्तै यो सरकारलाई पनि असफल पार्ने दाउमा माओवादी रहेका उहाँको आरोप छ । एमाले बरिष्ठ नेता नेपालले असार ७ गते गर्ने र नभए मंसीर सम्म चुनाव गर्ने भन्ने लिखीत सहमती हुँदा–हुँदै असारमै निर्वाचन गर्नुपर्छ भनेर सरकारलाई दवाव दिनु व्यर्थ हुने बताउनु भयो । नेपालले एमाले पनि असार ७ मै निर्वाचन गनुपर्छ भन्ने पक्षमा रहेको तर सरकारले नसक्दा मंसीर सम्म चुनाव गरे पनि आफुलाई स्वीकार्य हुने बताउनु भयो । मंसीर भन्दा पछि निर्वाचन हुन नहुने उहाँको भनाई छ । नेता नेपाल नेकपा एमाले सिन्धुलीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सिन्धुलीमाडी आउनु भएको हो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !