अमेरिकाको टेक्सासमा विष्फोट, कम्तीमा १५ जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/04/usa.html
काठमाण्डौ,वैशाख ५ ।
अमेरिकाको टेक्सासमा आज भएको विष्फोटमा कम्तीमा १५ जनाको ज्यान गएको छ भने एकसय ५० जनाभन्दा बढी घाइते भएका छन् । टेक्सासस्थित एक मल उत्पादन कारखानामा विष्फोट भएको भनिए पनि आधिकारिक पुष्टी हुन भने बाँकी रहेको सिएनएनले जनाएको छ । अझै सयौं व्यक्तिहरु कारखानाभित्रै रहेको हुन सक्ने अनुमान गरिएको छ । करिब ३ हजार मानिसको बसोबास रहेको भनिएको टेक्सासमा नेपालीहरुको पनि बसोबास रहेको छ । यसअघि बोष्टनमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !