छुट्टाछुट्टै दुर्घटना, दुईको ज्यान गयो


सिरहा-  सिरहा–चोहर्वा सडक खण्डमा हिजो साँझ भएका छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित दुइ जनाको ज्यान गएको छ ।   सिरहा नगरपालिका–५ मा ट्याक्टरको पछाडीको डाला पल्टिदा सोही डालाले चेपियर ट्याक्टरमा कार्यरत मजदुर ३५ वर्षिय गनु यादवको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको । तीब्र गतिका कारण स १ त १०७७ नम्वरको ट्याक्टरको डाला पल्टिएर यादवको ज्यान गएको हो । 

त्यस्तै सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत गुलरीयामा ट्रिफरको ठकरबाट १२ वर्षिय जयशंकर महतोको ज्यान गएको छ । चोहर्वाबाट सिरहातर्फ गईरहेको बा २ ख ६७८२ नम्वरको ट्रिपरको ठक्करबाट बालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार तिब्र गतिमा रहेको ट्रिफरले अनियन्त्रीत भई बालकलाई ठक्कर दिएको हो । ट्रिपर र त्यसका चालक जिल्ला प्रहरी कार्यालय सिरहाको नियन्त्रणमा रहेको जनाएको छ ।

Related

विविध 7425841458238271914

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item