दुई गाविसमा दुई बालक मृत फेला




सिरहा,जेठ १२ । 

सिरहाको दुई गाविसमा दुई जना बालक मृत अवस्थामा फेला परेका छन् । मृतक मध्ये एक बालकको पहिचान खुलेको छ भने अर्काको पहिचान खुल्न सकेका छैन । औरही २ मा रहेको कुलोमा १२ बर्षिय एक बालक मृत अवस्थामा फेला परेको प्रहरी चौकी औरहीले जनाएको छ । 

मृतक बालकको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान भईरहेको सिरहाका प्रहरी प्रमुख एसपी मनोज न्यौपानेले बताउनुभयो । यस्तै पिप्रा गाविसमा पनि मृत अवस्थामा एक ६ बर्षिय बालकको शव पोखरीमा फेला परेको छ । पिप्रा गाविस २ का चुनिया यादबका ६ बर्षिय छोरा श्रवण्ँ यादबको शव फेला परेको हो । गर्मी छल्न नुहाउन गएको र पौडी खेल्न नसक्दा मृत्यू भएको एसपी न्यौपानेले बताउनुभयो ।

Related

विविध 1074419789516098063

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item