परीक्षामा अनियमिता गरेका भन्दै एक दम्पति पक्राउ


ताप्लेजुङ,जेठ १२ । 

शिक्षक सेवा आयोगको शनिवार भएको प्राथमिक तहको परीक्षामा अनियमितता गरेका भन्दै ताप्लेजुङमा एक दम्पतीलाई पक्राउ गरेको छ । भानु ( ख) केन्द्रमा परीक्षा दिइरहेका सिम्बल न ००६०१ लिवाङ ४ का पहलमान पुरीले उहाँकी श्रीमति तारा पुरीको नाम र उहाँकी श्रीमति ००६०२ ताराले श्रीमानका नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला शिक्षा अधिकारी दामोदरप्रसाद आर्चायले बताउनुभयो ।

 जिल्ला शिक्षा अधिकारी आर्र्चायले परीक्षा दिइरहेका बेलामा दुई घण्टा वितेपछि केन्द्राध्यक्षले कपी रुजु गर्ने क्रममा श्रीमान श्रीमति सगै परीक्षा दिई रहेको र श्रीमानले श्रीमति, श्रीमतिले श्रीमानको परीक्षा दिइरहेपछि उनीहरुलाई पक्राउ गरेको बताउनुभयो ।

Related

विविध 1761528517405594155

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item