भारतको छत्तिसगढमा माओवादी आक्रमण कँग्रेस आईका नेता सहित १६ को मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/05/india.html
काठमाण्डौ,जेठ १२ ।
भारतमा छत्तिसगढमा माओवादी नकसालवादीको आक्रमणमा कँग्रेस आईका नेता सहित १६ जनाको मृत्यु भएको छ । भारतको छत्तिसगढ राज्यमा माओवादीले विद्रोहीले गएराती आक्रमण गर्दा कँग्रेस आइका महेन्द्र कर्मासहित १६ जना मारिएका छन् । पूर्व मुख्यमन्त्री सहित १२ जना घाइते भएका छन् ।
छत्तिसगढको बस्तर जिल्लामा भएको नक्सलवादी आक्रमणमा वरिष्ठ कँग्रेस नेता कर्मा कर्मासहित पूर्वविधायक उदय मुदलियार, गोपी माधवानीलगायतको ज्यान गएको छ वरिष्ठ नेता एवं पूर्वमुख्यमन्त्री विद्याचरण शुक्ललगायत झण्डै १२ जना गम्भीर घाईते भएका छन ।
शुक्लको पेटकमा दुईवटा गोली लागेको छ । त्यस्तै माओवादीले कँग्रेस प्रदेश अध्यक्ष नन्दकुमार पटेल उनका छोरोको अपहरण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छ् । कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले लोकतन्त्र माथिकै हमला भएको प्रतिक्रिया दिनु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !