बहिरा विद्यालयमा भवन अभाव, एउटै कोठामा दुई वटा कक्षा संचालन

http://sindhulidarpan.blogspot.com/2013/05/sindhuli_23.html
मिनकुमार दाहाल,
सिन्धुली, जेठ ९ ।
सिन्धुलीको कमलामाई नगरपालीका–७ मा संचालित जनकपुर अन्चलकै एक मात्र साँकेतिक भाषा पढ्ने वहिरा विद्यालयमा भवनको अभाव हुँदा कक्षा संचालन गर्न समस्या भएको छ । विद्यालयमा कक्षा कोठाको अभाव हुँदा एउटै कोठामा दुई वटा कक्षामा संचालन गर्न वाध्यभएको विद्यालयका प्रअ विजय तामाङ्गले वताउनुभयो । बहिरा विद्यालयमा भवन सँग सँगै आवश्यक अनुसार शिक्षक दरवन्दी नहुँदा झनै कक्षा संचालन गर्न समस्या भएको छ । सो विद्यालयमा सात जना शिक्षकको दरवन्दी हुनु पर्नेमा हाल चार जना मात्रै राहत शिक्षकहरु छन् ।
वहिरा विद्यालयकी शिक्षीका मिना आचार्य एउटा कोठामा दुई वटा कक्षाका विद्यार्थी राखेर दुई जना शिक्षकले पढाउन समस्या भैरहेको वताउँछिन् । साँकेतिक भाषामा पढाउनु पर्ने भएकोले दुवै कक्षाका विद्यार्थी शिक्षकले पढाउँदा गर्ने सकेंतलाई हेर्ने समस्या रहेको आचार्य वताउँछिन । मीना कक्षा चारका विद्यार्थीलाई कोठाको एक छेउवाट पढाई रहेकी थिइन । सोही कोठाको अर्को छेउमा वसेर अर्का शिक्षक कक्षा तिनका विद्यार्थीलाई पढाई रहेका छन् । त्यसै गरी कक्षा सात र आठका विद्यार्थीलाई पनि एउटै कोठामा राखेर दुई जना शिक्षकले पढाउने गरेका छन् ।
१६ जना विद्यार्थी क्षमता रहेको नव ज्योती वहिरा विद्यालयमा हाल ७० जना विद्यार्थीले अध्ययन गरि रहेका छन् । वहिरा विद्यार्थीहरुलाई आवासीय आवासीय सुविधा सहित विद्यालयमा राख्नु पर्ने भएको कक्षा कोठाको समस्या भएको प्रधानाध्यापक तामाङ्गको भनाई छ ।
जनकपुर अन्चलकै एउटा मात्र आवासीय वहिरा विद्यालयले भएकोले विद्यार्थी भर्ना निकै चाप हुने गरेको छ । विद्यार्थी राख्ने क्षमता विद्यालयसँग नभएकोले भर्ना हुन आएका सवै विद्यार्थीले सो विद्यालयमा भर्ना पाउँ दैनन् । कक्षा कोठा को समस्याले गर्दा यहाँ भर्ना हुँन आउने विद्यार्थीले कम्तीमा एक वर्ष कुर्नै पर्छ प्रअ तामाङ्ग वताउँछन् । सो विद्यालयमा कक्षा ८ सम्म पढाई भैरहेको छ । सुनाई सम्वधी अपाङ्गगता भएका वालवालीको लागी पुर्व वालकक्षा संचालन गर्न आवश्यक भएको प्रअ विजय वताउँछन् ।
सिन्धुलीको कमलामाई नगरपालीका–७ मा संचालित जनकपुर अन्चलकै एक मात्र साँकेतिक भाषा पढ्ने वहिरा विद्यालयमा भवनको अभाव हुँदा कक्षा संचालन गर्न समस्या भएको छ । विद्यालयमा कक्षा कोठाको अभाव हुँदा एउटै कोठामा दुई वटा कक्षामा संचालन गर्न वाध्यभएको विद्यालयका प्रअ विजय तामाङ्गले वताउनुभयो । बहिरा विद्यालयमा भवन सँग सँगै आवश्यक अनुसार शिक्षक दरवन्दी नहुँदा झनै कक्षा संचालन गर्न समस्या भएको छ । सो विद्यालयमा सात जना शिक्षकको दरवन्दी हुनु पर्नेमा हाल चार जना मात्रै राहत शिक्षकहरु छन् ।
१६ जना विद्यार्थी क्षमता रहेको नव ज्योती वहिरा विद्यालयमा हाल ७० जना विद्यार्थीले अध्ययन गरि रहेका छन् । वहिरा विद्यार्थीहरुलाई आवासीय आवासीय सुविधा सहित विद्यालयमा राख्नु पर्ने भएको कक्षा कोठाको समस्या भएको प्रधानाध्यापक तामाङ्गको भनाई छ ।
जनकपुर अन्चलकै एउटा मात्र आवासीय वहिरा विद्यालयले भएकोले विद्यार्थी भर्ना निकै चाप हुने गरेको छ । विद्यार्थी राख्ने क्षमता विद्यालयसँग नभएकोले भर्ना हुन आएका सवै विद्यार्थीले सो विद्यालयमा भर्ना पाउँ दैनन् । कक्षा कोठा को समस्याले गर्दा यहाँ भर्ना हुँन आउने विद्यार्थीले कम्तीमा एक वर्ष कुर्नै पर्छ प्रअ तामाङ्ग वताउँछन् । सो विद्यालयमा कक्षा ८ सम्म पढाई भैरहेको छ । सुनाई सम्वधी अपाङ्गगता भएका वालवालीको लागी पुर्व वालकक्षा संचालन गर्न आवश्यक भएको प्रअ विजय वताउँछन् ।
बहिरा विद्यालयमा एक भान्छा घर र कक्षा संचालन गर्ने दुई वटा विद्यालयको भवन छ । त्यही भवनमा वासको सहित व्यवस्था भएकोले पढाउनलाई कोठा अपुग हुने गरेको छ । भवनको लागी जिल्ला शिक्षा कार्यालयमा पटक पटक माग गरे पनि कार्यालयले वेवास्ता गरेको तामाङ्गले वताउनुभयो । दुर्गम क्षेत्रमा रहेका विद्यालयलाई पनि भवन वितरण गर्नु पर्ने भएकोले हाललाई वहिरा विद्यालयमा भवन दिन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !