सदभावनाद्धारा तराईका जिल्ला बन्द

http://sindhulidarpan.blogspot.com/2013/05/banda_26.html
काठमाण्डौ,जेठ १२ ।
विभिन्न माग गर्दै अनसन बसिरहेको सद्भावना पार्टीले आज तराईका २२ जिल्लामा बन्द गराएको छ । संविधानसभा निर्वाचनको मिति घोषणा लगायतका माग राखि आमरण बस्दा समेत माग पुरा नभएको भन्दै सद्भावना पार्टीले आजबाट बन्द गराएको बताएको छ । बन्दका कारण गाडीहरु नचलेपछि जनजीवन प्रभावित बनेको छ । यसैबीच आमरण अनसनपछि स्वास्थ्य अवस्था विग्रिएर उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका अध्यक्ष राजेन्द्र महतोलाई जन्डीसको समस्या देखिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !