एमाले सिन्धुलीले निर्वाचन अभियान संचालन गर्दै

सिन्धुली,जेठ १२ ।

नेकपा एमाले सिन्धुली क्षेत्र नं. १ ले आगामी संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै अभियान संचालन गर्ने भएको छ । नेकपा एमाल क्षेत्र नं. १ को हालै सम्पन्न वैठकले यस्तो निणर्य गरेको एमाले सिन्धुली क्षेत्र नं. १ का अध्यक्ष राम कुमार कार्कीले जानकारी दिनु भयो । 

संविधान सभा निर्वाचनका लागि पार्टी परिचालन अभियान भन्दै देश भरि एमालेले यस्ता कार्यक्रम संचालन गर्ने भएको छ । जस अन्तर यहि जेठ १३ गते देखि २८ गते सम्म अभियान सन्चालन गरिने कार्कीले वताउनुभयो । उहाका अनुसार सिर्थौली वाट सुरु हुने अभियान हर्षाही र टाढीमा कार्यक्रम सम्पन्न गरी १५ गते दुधौलीमा गणतन्त्र दिवस मनाउदै सन्चालन गरीने वताउनुभयो ।

 दिवस पछि ककुरठाकुर अरुणठाकुर, जिनाखु, आम्वोटे लाम्पानटार, वाहुन तिल्पुुग, तोस्राम खोला , पोखरी खोलागाउँ हुदै जेठ २८ गते महादेव डाँडामा पुगेर अभियान सम्पन्न गरिने कार्कीले बताउनुभयो । अभियानमा यहि जेठ ३१ गते एमाले महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्ने पार्टीको छैठौं जिल्ला अधिवेशनको समेत प्रचार प्रसार गरिने उहाँले वताउनु भयो । 

Related

स्थानिय 4401375601901715577

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item