चट्याङ लागेर सिन्धुलीमा एक जनाको मृत्यु, तीन जना घाइते

http://sindhulidarpan.blogspot.com/2013/05/blog-post_27.html
कृष्ण अधिकारी,
सिन्धुली, जेठ १३ ।
आज विहान सिन्धुलीको कपिलाकोटमा चट्याङ्ग पर्दा एक परिवारका १ जना बालको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । विहान साढे पाँच बजे तिर परेको चट्याङले कपिलाकोट २ पाग्रेखोलाका १२ वर्षका बाबुराम थिङ्गको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ लागेर स्थानीय अभिमान थिङका छोरा बुद्धिमान थिङ, नाति विक्रम थिङ र उनका भाइ शंकर थिङ घाइते भएकाछन् । घाइतेहरुको अहिले कल्पबृक्षमा रहेको मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक गंगा अस्तानीले जनाकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !