सिन्धुलीको बेलघारीमा सुधारिएको चुलो निक्कै प्रभावकारी


कृष्ण अधिकारी,
सिन्धुली, बैशाख २० ।
सिन्धुलीको बेलघारीमा सुधारीएको चुलो प्रभावकारी बनेको छ । रिमरेकको आर्थिक तथा प्रविधिक सहयोग र उज्यालो नेपालको सहकार्यमा संचालन भएको सुधारिएको चुलो कार्यक्रम अन्तरगत बेलघरीमा धुवा रहित चुलो बनाउने क्रम निक्कै प्रभावकारी बन्दै गएकोछ । सस्थाले चुलो बनाउने तालिम दिएपछि चुलो बनाउन भ्याई–नभ्याई भएको  बेलघारी–१, झुँगाका सुधारिएको चुलो प्रवर्धक दान बहादुर सुनुवारले बताउनुहुन्छ । एउटा सुधारीएको चुलो बनाए बापत  ५०० लिने गरेको र घर खर्च गरेर मासिक रुपमा पनि बचत हुँदा आफु निक्कै सन्तुष्टी भएको सुनुवार बताउनुहुन्छ । त्यस्तै सुधारिएको चुलो बनाएपछि आँखा, मुटु लगाएत १०औरोगबाट बच्न सकिने , दाउरा कम लाग्ने तथा समयको बचत हुने फाईदा देखिपछि आफुलेपनि बनाएको र चुलो बनाएपछि दैनिक गुजारा टार्न निकै सजिलो भएको स्थानिय सुमित्रा राउतले बताउनुभयो ।
सिन्धुली जिल्लाका बेलघारी, भीमस्थान, रानिचुरी, जरायोटार, आम्बोटे, लाम्पान्टार, हत्पते, हर्षाही, दुधौली लगाएतका अन्य गाविसहरुमा पनि यस कार्यक्रम सञ्चालन भएको उज्यालो नेपालका सिन्धुलीका अध्यक्ष उत्पल खड्काले बताउनुभयो । बेलघारी गाविसमा जेठ महिना भित्र धुवारहित गाविस घोषण गर्ने उद्देश्यले संपुर्ण घरहरुमा अनिवार्य सुधारिएको चुलो बनाउने नबनाए सरकारबाट पाउने सेवा सुविधा रोक्न सक्ने ३ राजनीतिक दलहरुको  निर्णय गरिसकेले बेलघारीमा सुधारिएको चुलो बनाउने कार्यक्रम निकै अघि पढेको सुधारिएको चुलो निरिक्षक हिमाल बुढाथोकीले जानकारी दिनुभयो  । 

Related

स्थानिय 6034094628310357523

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item