बेरोजगार युवा संघको राजमार्ग बन्द स्थगित

http://sindhulidarpan.blogspot.com/2013/05/highway_9.html
पोखरा,वैशाख २६ ।
बेरोजगार युवा संघनेपालले हिजो देखि गरेको अनिश्चतकालीन पूर्वपश्चिम राजमार्ग र पृथ्वी राजमार्ग बन्द स्थगित गरेको छ । आज माता तिर्थ औशी परेकोले तत्कालको लागि केही दिनलाई बन्द स्थगित गरेको नेपाल बेरोजगार युवा संघका संयोजक चन्द्रबहादुर थापासागरले बताउनुभयो भएको छ ।
हिजो कन्चनपुरको भीमदत्तनगरदेखि झापाको काडभिट्टासम्म र चितवनदेखि नागढुङगासम्म बन्द आह्वान गर्दा लामो दुरीको यातायात सेवा प्रभावित हुदा सयौं यात्रुहरु विच बाटोमै अलपत्र परेका थिए । हिजो सुनसान रहेको राजमार्गमा आज विहान देखि चहलपहल शुरु भएको छ । आज माता तिर्थ औसी भएकोले पनि आज सवारी साधन मार्फत ओहोर दोहोर गर्ने सख्या पनि अन्य दिनको तुलनामा बढी देखीएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !