कार्कीको नियुक्ती विरुद्ध विद्यार्थीहरुको आन्दोलन जारी

http://sindhulidarpan.blogspot.com/2013/05/news_9.html
काठमाण्डौ,वैशाख २६ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमान सिंह कार्कीलाई नियुक्त गरेको विरोधमा विद्यार्थीहरुले आज पनि आन्दोलन जारी राखेका छन् । विद्यार्थीहरुले आज बिहानैबाट क्याम्पस अगाडी चक्काजाम गरिहेका छन् । विभिन्न १३ विद्यार्थी संगठनले बिहानैदेखि काठमाण्डु लगायत देशभरीका क्याम्पस अगाडी चक्काजाम गरेका छन् ।
बिहान ८ देखि ९ बजेसम्म एकघण्टा सबै क्याम्पस अगाडीका सडकमा चक्काजाम गरिएको नेविसँघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा कार्कीसहित लोकसेवा आयोगमा कयोदेवी यमी, महालेखा परिक्षकको कार्यालयमा भानुप्रसाद आचार्य नियुक्त हुनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !