मातातिर्थ औशी आमाको मुख हेर्ने पर्वका रुपमा मनाइदै

http://sindhulidarpan.blogspot.com/2013/05/mothers-day.html
काठमाण्डौ,वैशाख २६ ।
आज मातातिर्थ औशी आमाको मुख हेर्ने पर्वका रुपमा मनाइदैछ । ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा आज वैशाख कृष्णपक्ष औंशीलाई मातातीर्थ औंशी पर्वका रुपमा मनाइदै आएको छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा लुगा लगाउन र मीठा खानेकुरा खान दिई आशिर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरुले भने आमालाई तपर्ण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङगत आमाको सम्झ्ना गर्ने चलन रहेको छ । आजका दिन दिवङगत आमाको सम्झनामा काठमामाण्डुको थानकोटनजिक मातातीर्थमा ठूलो मेला लाग्छ । आमा नहुनेहरु आज बिहानै मातातिर्थमा गई स्नान गरि पूजा गर्ने चलन पनि छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरुमा पनि बर्णन गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !