एमालेमा आजदेखि अध्यक्ष खनालको प्रतिवेदन माथि छलफल


काठमाण्डौ,वैशाख २६ ।
नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन माथि छलफल हुँदैछ । हिजोदेखि सुरु भएको बैठकमा आजदेखि केन्द्रीय सदस्यहरुले अध्यक्ष खनालको प्रतिवेदनमाथि धारणा राख्न सुरु गर्नेछन् । अध्यक्ष खनालको प्रतिवेदनमा जेठको पहिलो हप्ताबाट सुरु हुने चुनावी अभियान, चुनावमा अन्य दलसँग गर्ने सहकार्य, तालमेल र पार्टीको आन्तरिक रणनीतिका विषयमा उल्लेख गरिएको छ । छलफलका लागि अध्यक्ष खनालको प्रतिवेदन सहित ६ वटा एजेण्डा तय गरिएको छ ।

केन्द्रीय सदस्य मनोनयनका विषयलाई आजको बैठकले अनुमोदन गरेपछि मात्रै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । यसअघि स्थायी समितिले तय गरेको ११ जनाको नाम हिजो नै बैठकले अनुमोदन गरेपनि पूर्ण र वैकल्पीक केन्द्रीय सदस्यका विषयमा निर्णय हुन सकेको छैन । आजै केन्द्रीय समितिको बैठक बस्नुअघि स्थायी समितिले त्यसबारेमा टुङ्गो लगाउने एमालेले जनाएको छ । प्रवक्ता ज्ञवालीका अनुसार स्थायी समितिको बैठक बिहान १० बजे बोलाइएको छ भने त्यसलगत्तै ११ बजेपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ ।

Related

राष्ट्रिय 7066822625260435440

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item